१७ भाद्र २०७५, आईतवार
  • दान बहादुर बुढा

मुगु ।मुगुमा नेपाल टेलिकमबाट वितरित सिडिएमए र जिएसएम मोवाइल नेटवर्क र ईन्टरनेट सेवा नियमित नहुदा सेवा ग्राहीहरु हैरान भएका छन ।

एक महिना यताबाट जिल्ला सदरमुकाम गमगढी तथा छायाँनाथ रारा नगरपालिका १ वडा देखी १४ वडामा बस्र्ने सेवाग्राहीहरु ईन्टरनेट र मोवाईल नेटवर्कले काम नगर्दा मोवाईल प्रयोगकर्ताहरुले ठूलो शास्ती ब्यहोर्नुपरेको छ ।

सदरमुकाम क्षेत्रका प्राय घरहरुमा ल्याण्डलाइन र एडिएसएल कछुवा गतिमा ईन्टरनेट सेवा चलेपनि ग्रामिण क्षेत्रमा मोवाईल नेटवर्क र डाटा प्रयोगकर्ताहरु धेरै भएकाले एक महिना यता  नेटवर्क नचल्दा सर्वसाधारण प्रयोगकर्ता मर्कामा पदै आएका छन ।

सबै भन्दा गाँउघरका युवाहरु विदेश तिर र जिल्ला बाहिर रहेकाले आफन्तहरु डाटा लिएर मोवाईलबाट प्रत्यक्ष भिडियो कल र सम्पर्क गर्न मोवाईल नेटवर्कको प्रयोग गदै आएका थिए । लामो समयसम्म पनि नेटवर्कमा समस्या आउदा पनि टेलिकमले सुनुवाई नगर्दा आफुहरु घर बाहिर रहेका आफन्तबाट सम्पर्क विहिन भएको सोरु गाँउपालिका भिइ गाँउका करण शाहीले बताएका छन ।

गाँउघरका मात्र होईन नेटवर्क नआउदा अध्यनरत विद्यार्थी,सरकारी कार्यालय संघ सस्था बैक ,सहकारी सस्थाहरुले ईलोक्ट्रोनिक मा आधारीत भएर काम गर्ने हुँदा दैनिक काम काजमा समस्या आएको सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारीहरुको ईन्टरनेट ढिलो हुँदा सेवाग्राहीहरुलाई सेवा दिन हैरान भएको बताउन्छन ।

यस सम्वन्धमा बुझ्न नेपाल टेलिकम जिल्ला शाखा मुगुका कार्यालय प्रमुख देवेन्द्र लामिछाने एक महिना यता जिएसएम र सिडिएमए नेटवर्क मुख्य गरेर रातीको समयमा हराउने गरेको स्विकार्छन्  ।काठमाडौमा पुराना प्रबिधि बाट सन्चालन गरीएका रेडीयो लिङ्कबाट सन्चालीत टावरलाई सुधारने काम भई रहेको हुनाले सिडिएमए र जिएसएम मोवाइल नेटवर्क र ईन्टरनेट सेवा केही दिनमै राम्रो संग सन्चालन मा आउने लामिछानेले  बताए ।

टेलिकम मुगुमा रहेका लेनलाईन,एडिएसएल,टुजि,थ्रिजि,सिडिएमए र जिएसएम नेटवर्क चल्न २२० भोल्ट विद्युत आवश्यक पर्ने भएपनि हाल विद्युत प्राधिकरणबाट १५० भन्दा कम भोल्टेज विद्युत आउने गरेको पनि टेलिकमले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV