१७ भाद्र २०७५, आईतवार

हलिउड नायिका वनेसा मारकेजको बिहिबार गोली लागी मृत्यु भएकाे छ । पुलिसको गोली लागेका कारण उनकाे मृत्यु भएकाे हाे । याे घटनाबारे  पेसाडिनाको पुलिसले पुष्टि गरेका हुन् ।

उनी चर्चित टिभी सिरिज ‘इआर’ मा नर्सको भूमिकाका लागि सबैभन्दा चर्चित थिइन् ।

पुलिसका अनुसार वनेसा कुनै मानसिक राेगका कारण ग्रसित भएकाले घर मालिकले उनको सुरक्षाका लागि घरमा पुलिस अधिकारीलाई बोलाएका थिए । जब बिहिबार दिउँसाे पुलिस उनकाे घरमा पुगे, पुलिसलार्इ देख्ने बित्तिकै उनले बन्दुक तेर्साइन् । पुलिसले त्यसलाई सेमी अटोमेटिक ह्यान्डगन भन्ने ठाने र उनीमाथि गोली चलाए ।

पुलिसलार्इ पछि थाहा भयो कि त्यो एक ‘बीबी गन’ थियो । वनेसालाई तुरुन्त अस्पताल पुर्याइयो तर उनको मृत्यु भइसकेको थियो ।

वनेसाकी निकै नजिककी साथी टेरेन्स तौलेस क्यानोटले ती वनेसाले स्वास्थ्य र आर्थिक समस्या झेलिरहे पनि उनलाई मानसिक रोग नभएको ठोकुवा गरेकी छिन् । ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV