१७ भाद्र २०७५, आईतवार
  • कृष्ण पाण्डे

बुटवल । बुटवलको एभरेष्ट बैंकबाट रकम जम्मा गर्दै गर्दा एक जना व्यक्तिको २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको छ । विपी चौकमा रहेको रहेको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको आज बिहान १० बजेट र ५ मिनेटमा बैंक भित्रै बाट रकम लुटिएको हो ।

नेपागञ्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेर को हुन?, कहाँका हुन्  ? भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV