१७ भाद्र २०७५, आईतवार
  • प्रेम सुनार

बुटवल। आज बिहानै देखि बुटवलका विभिन्न मन्दिरहरूमा कृष्ण अष्टमीको पूजा आराधना र भजन किर्तन चलिरहेको छ ।बुटवलको देविनगरका रहेको कृष्ण मन्दिर र सुख्खा नगरको कृष्ण मन्दिर लगायतका दर्जनौँ मन्दिरमा यस्तो चहल पहल चलेको हो ।

हामीले चाहिँ सुख्खा नगर कृष्ण मन्दिरको चहल पहल क्याम्परामा कैद गरेका छौँ । भगवान् कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

मन्दिर जान नसकेका श्रद्धालुहरूले व्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गरेका छन् । श्रद्धालुहरूले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजन कीर्तन गरेर कृष्णको महिमा गाएका छन् ।

भगवान् कृष्णले आफ्नै मामा कंसको वध गरेर अत्याचार र अन्याय गर्नेहरूको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरूले कृष्ण जन्मिएको भाद्र कृष्ण अष्टमीको दिनलाई महत्त्वपूर्ण पर्वका रूपमा मनाउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV