१७ भाद्र २०७५, आईतवार

काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आज स्वयम्भुनाथ दर्शनका लागि जाँदै हुनुहुन्छ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बिहान साढे ९ बजे स्वयम्भुनाथ जाने कार्यतालिका छ ।

बिमस्टेको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउनुभएका राष्ट्रपति सिरिसेनाले हिजो लुम्विनीको दर्शन गर्नुभएको थियो । सिरिसेना स्वयम्भु जाने भएपछि अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सिरिसेनाले स्वयम्भु दर्शन गर्न जाने भनेपछि स्वयम्भु विकास महासमितिले उहाँको स्वागतको लागि भन्दै सजावटको काम शनिवार नै गरिसकेको छ । सिरिसेनालाई स्वयम्भुमा रहेको आनन्दकुटी विहारको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको महासमितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV