१७ भाद्र २०७५, आईतवार

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ ।

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV