१६ भाद्र २०७५, शनिबार

काठमाडौँ । यती एयरलाइन्सको जेट स्ट्रीम विमान धावनमार्गमा चिप्लिएको छ ।

आज शनिबार राति २१ जना यात्रु बोकेर नेपालगन्जबाट काठमाडौं आइपुगेको यती एयरलाइन्सको जेट स्ट्रीम विमान अवतरणपछि चिप्लिदा ५ यात्रुलाई साधारण चोट लागेको छ। चालक दल र अरु यात्रुको अवस्था सामान्य रहेको त्रिभुवन विमानस्थलका महाप्रवबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

महाप्रबन्धक क्षत्रीको अनुसार कोटेश्वरतर्फबाट अवतरण गरेको जहाज चिप्लिँदा अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रा) भाँच्चिएको छ ।

LIVE TV