१६ भाद्र २०७५, शनिबार

काठमाडौं, १६ भदौ । बलात्कारका घटनाले अहिले समाज आक्रन्त बनेको छ । दिनप्रति दिन बालिका देखि वृद्ध महिलासम्म बलात्कार तथा बलत्कार पछि हत्याको शिकार बनिरहेका छन् ।

कञ्चनपुरमा साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यार अझै पत्ता लगाउन सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरी प्रसासनको लापरवाही देखिएपछि गृहमन्त्रलायले छानविन समिति गठन मात्रै गरेन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख सरुवा गरि प्रहरी प्रमुखलाई निलम्वित समेत ग¥यो ।

घटनाको डेढ महिना बितिसक्दा पनि वास्तविक दोषी पत्ता लाग्न सकेको छैन । घटनामा झन रहस्यहरु सार्वजनिक भईरहेको छ । निर्मला पन्तको शब भेटिएको स्थानमा प्रहरीले उनले लगाएको कपडा चिसो पानि मा धोएकाले प्रमाण मेटाएको आरोप लागेको छ । शब भेटिदाँ घटना स्थलमा पुगेको प्रहरीले उनको कपडा पानीमा पखालेको थियो ।

यो घटनाले किनारा नलाग्दै कञ्चनपुरमै अर्को एक किशोरीको सामुहीक बलात्कार भएको छ । बेलडाँडी गाउँपालिकाकी १६ बर्षीया किशोरीको बिहीबार राति बलात्कार भएको हो । चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । र जंगलमा बलात्कार गरेका थिए । त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया जंगल लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यो घटनामा दोषी पहिचान भएपनि उनिहरु फरार रहेको प्रहरीले जनाएको छ । बुटवल नहपुरको ज्ञाकुञ्ज सेकेण्डरी र्बोडीङस्कुलका प्रधानाध्यापक तोयाराम पौडेलले आफ्नै बिद्यालयमा कक्षा १० मा अध्यनरत छात्रालाई यौन दुरव्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । छात्रावासमा बस्दै आएकी छात्राका अनुसार उनलाई प्रअ पौडेलले मध्यरातमा कोठामा बोलाएर दुर्व्यवहार गर्ने गर्थे ।

स्कुलका अन्य छात्राहरुमाथि पनि प्रधानाध्यापकले यौनजन्य हिंसा गरेको भन्दै कारवाहीको माग गर्दै अभिभावहरुले स्कुल घेराउ गरेका थिए । यस्तै महोत्तरीको औरही नगरपालिका १ मा ८ महिने बालिकालाई अपहरण हत्या भएको छ ।

बालीकाका आफन्तले अपहरणपछि बलत्कार तथा हत्या भएको दाबी गरेपनि प्रहरीले भने रिपोर्ट आइनसकेको जनाएको छ । आइतबार साँझ पसलमा आमासँगै रहेकी बालिकालाई खेलाउने बहानामा अपहरण गरेका थिए ।

सोमबार बिहान खेतमा बालिकालको शब क्षतविक्षत अवस्थामा फेला परेको थियो । तर अहिलेसम्म पनि अपराधलाई पक्राउ गर्न नसकेको भन्दै महोत्तरीका स्थानीय आन्दोलित बनेका छन् ।

उता पोखरामा बिहीबारदेखि वेपत्ता १३ वर्षीया पुष्पा केसीको शब भेटिएको छ । प्रहरीले पोष्टमार्टम रिपोटमा बलत्कारको कुनै ठोस प्रमाण नभेटिएको दाबी गरेपनि पुष्पाको शब भने शंकास्पद अवस्थामा भेटिएको आफ्नतले दाबी गर्दै आएका छन् । केसीको शव नाङ्गो अवस्थामा पोखराको लामाचौर फापरतारो स्थित स्मृति पार्कको डिल मुनि झाडीमा भेटिएको थियो ।

भाद्र १० गते काठमाडौंको नारकेश्वर–११, नेपालटारमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । स्थानीय नेवारी खाजा घरमा कार्यरत् किशोरीलाई बलात्कार गरेको आरोपमा बाजुरा स्थायी घर भई काठमाडौ शेषमती बस्दै आएका १८ वर्षीया साजन बोहरालाई पक्राउ गरेको छ ।

भाद्र १२ गते सप्तरीमा मेला हेरेर फर्केकी एक युवती सामूहिक बलात्कार मा परेकी छिन् । सप्तरीको अर्नाहामा लागेको मेला हेरेर घर फर्किने क्रममा ६,७ जनाले सामूहिक बलात्कार गरेको भन्दै शम्भुनाथ नगरपालिकाकी एक युवतीले प्रहरीमा उजुरी दिएकी छिन् ।

प्रहरीले २ जनालाई पक्राउ गरेको छ । गृह मन्त्रालयको तथ्याङक अनुसार ६० प्रतिशत १५ बर्ष मुनिका बालिका बलात्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV