१६ भाद्र २०७५, शनिबार

कञ्चनपुर। कञ्चनपुर–कैलालीको सीमा नदी मछेलीमा दाउरा सङ्लन गर्ने क्रममा डुबेर बेपत्ता भएकामध्ये प्रहरीले आज एक जनाको शव फेला पारेको छ ।

शुक्रबार बिहान नदीमा दाउरा संकलनका लागि गएका कैलालीको गोदावरी नगरपालिका–११ बान्द्रे टोलका २२ वर्षीय सुरेश सुनार र १७ वर्षीय शिव विक नदीमा बगेर बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा र प्रहरीले नदीमा बेपत्ताको खोजतलास गर्ने क्रममा शिवको शव फेला पारेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । सुरेशको नदीमा खोजतलासको कार्य जारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV