१६ भाद्र २०७५, शनिबार

काठमाडौं, १६ भदौ । शनिबार काठमाडौं सोह्रखुट्टे स्थित स्थापित योजना बहुउदेश्य सहकारीले सोही स्थानको नयाँ बजार मल्टी भेन्यु नामको पार्टी प्यालेसमा भोजसहितको कार्यक्रम आयोजना गरेको थियो ।

सहकारीको कार्यक्रममा उपस्थीत करिब ३ सय पाहुनाले जब खाना खान थाले सबैले कुहिएकोे मासुको गन्ध चाल पाए । र उनिहरुले खाएको मासु त कुहिएको पो रहेछ । १ सय जनाले खाइरहेको यो मासु कुहिएको छ ।

पार्टी प्यालेसले बाहिर देखाउन राम्रो मासु राख्ने र पार्टीका लागि कहिएको मासु प्रयोग गर्ने गरेको तथ्य फेला प¥यो । यति मात्रै पार्टी प्यालेसमा म्याद गुज्रिएको मसला, मैदा, प्याज नभएको खाद्य सामाग्री भेटिएका थिए ।

यसरी गुणस्तरहिन खाद्य सामाग्री खुवाएपछि अहिले नयाँ बजार मल्टी भेन्यु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शिल गरेको छ ।

महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले पार्टी प्यालेसमा शिल गरेको हो । अनुगमनबाट उक्त पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV