१६ भाद्र २०७५, शनिबार

काठमाडौं, १६ भदौ । गुणस्तरहीन खाद्यवस्तुको कारोबार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँबजार मल्टी भेन्यूमा शील गरेको छ ।

विभाग र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले पार्टी प्यालेसमा शिल गरेको हो । अनुगमनबाट उक्त पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो । स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पार्टी प्यालेसबाट प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै उजुरी गरेको थियो ।

उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरेर पार्टी प्यालेस सिल गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चले जनाएको छ । सन् २०१५ मै म्याद सकिएका मसलाहरु प्रयोग भइरहेको तथा कुहिएका आलु, साग, सलादहरु फोहोर भेटिएका छन् ।

बैंक्वेटले प्रयोग गरेको प्रायः सबै खाद्यवस्तुमा लेभल समेत नभेटिएको उपभोक्ताकर्मीको भनाई छ । सरकारी टोलीले बैंक्वेटमा सिल गरेको छ भने सञ्चालकलाई बयानमा लागि उपस्थित हुन पत्र थमाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV