१६ भाद्र २०७५, शनिबार

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केही नेता कार्यकर्ता पार्टी परित्याग गरी नवगठित नेकपामा प्रवेश गरेका छन् ।
विप्लव समुहमा रहेका गणतान्त्रिक खेलकूदका वरिष्ठ उपाध्यक्ष बिमला संग्रौला, भ्याली ब्यूरो सदस्य रामप्रसाद घिमिरे, काठमाडौं जिल्ला सदस्यहरु डिल्लीराम थपलिया, गोपाल खरेल, भक्तपुर जिल्ला सदस्य राजराम लाथेजु, काठमाडौंका माधव लामिछाने र विष्णु तिमल्सेना नेकपामा प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान आफ्नै निवास खुमलटारमा स्वगत गरेका थिए ।


उनीहरुले चन्द नेतृत्वको समूहले क्रान्तिका नाममा अराजकता फैलाउने र कार्यकर्ता अल्मलाउने मात्र कार्य गरेकाले नेकपा प्रवेश गर्न बाध्य भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV