१६ भाद्र २०७५, शनिबार

काठमाडौं । नेपालले एसिया कप क्रिकेटको छनौट अन्तर्गत आयोजक मलेसियासँग अहिले खेलिरहेको छ । मलेशियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग थालेको नेपालले लगातार पाँच विकेट गुमाएको छ । मलेसियासँगको खेलमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको नेपाललाई लगातार झड्का लागेको छ ।

नेपालले पाँच विकेट गुमाइसकेको छ । पहिलो विकेटका रुपमा सुवास खकुरेलललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान पारस खड्का, तेस्रो विकेटका रुपमा अनिल कुमार साह, चौथो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल तथा पाँचौँ विकेटको रुपमा सागर पुनलाई गुमाएको हो ।

खकुरेल ८ बलमा ९ रन बनाउँदै बाहिरिए । कप्तान पारस पनि मात्र १३ रन जोड्न सफल भए । साहले १६ रन बनाए भने मल्लले ११ रन बनाए । सागर पुनले एक रन पनि नबनाउँदै बाहिरिए ।
नेपालले अगामी युुएईमा हुने एसिया कप खेल्नका लागि यो खेल जित्नै पर्ने हुन्छ । यसका लागि जितले मात्रै पुुग्दैन, अरुको खेलको नतिजा कुर्नुपर्ने हुन्छ।

यो खेलमा पनि पराजित भए नेपालको एसिया कप खेल्ने सपना समाप्त हुनेछ । पहिलो खेलमा हङकङलाई हराएको मलेसिया दोस्रो खेलमा भने ओमानसँग २ विकेटले पराजित भएको थियो ।

LIVE TV