
गौर, १५ भदौ । बिजुलीको करेन्ट लागेर आज रौतहट राजदेवी नगरपालिका–३ का वडा सदस्य ननिपत राउतको मृत्यु भएको छ ।
बोरिङबाट सिँचाइ गर्नका लागि विद्युत् आपूर्तिका लागि विद्युत् मिटरमा तार जोड्दा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्वास्थ्य परीक्षणपछि मृतकको शव परिवारलाई बुझाएको प्रहरीले जनाएको छ ।