१५ भाद्र २०७५, शुक्रबार

काठमाडौं, १५ भदौ । अमेरिकी डलरको भाउ नेपाली रुपैयाँको तुलनामा बढेको छ । बिहीबारको तुलनामा शुक्रबार २४ पैसाले बृद्धि भई इतिहासमै नयाँ रेर्कड कायम भएको छ ।

अमेरिकमा कर्पोरेट क्षेत्रको करमा भारी कटौती हुने सम्भावना बढेको र राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठनबाट बाहिरीने चेतावनी दिएपछि अमेरिकी डलर मजबुत बन्दै गएको छ । विहीवार एक अमेरिकी डलरको विक्रीदर १ सय १३ रुपैयाँ २५ पैसा थियो तर शुक्रबार बढेर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ ।

नेपाली रुपैयाँको भारतीय मुद्रासंग स्थीर विनिमय दर भएका कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँको समेत अवमुल्यन हुन्छ । जसले नेपाली अर्थतन्त्रलाई सिधा असर पारिरहेको छ । भारतको मुद्रा कमजोर हुँदा नेपालमा मूल्य बृद्धि हुन गई मुद्रास्फीति बढन जान्छ । जसले मुलुकको उत्पादन र आर्थिक बृद्धि दरलाई समेत प्रभाव पारेको हुन्छ ।

 

LIVE TV