१५ भाद्र २०७५, शुक्रबार

काठमाडौं, १५ भदौ । सत्यराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘अनुराग’ मा एलिजा गौतम र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा लगायतको अभिनय छ ।

फिल्ममा संगीत ताराप्रकाश लिम्बु र सरोज पोखरेलले दिएका छन् । किरण ढकालको कथा रहेको अनुरागमा निर्देशक चौंलागाईं र अगात केसीको पटकथा एंव संवाद छ ।

‘अनुराग’को निर्माताको रुपमा गीता भेटवाल रहेकी छिन् । यो फिल्म आगामी असोज १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको प्रोमोशनमा रहेका अभिनेत्री एलिजा गौतमले फिल्मको बारेमा राम्रो नराम्रो सबै कमेन्ट आउने गरेको बताएकी छन् । उनले भनिन्, ‘राम्रो र नराम्रो दुवै कमेन्ट अउँछ तर त्यसमा चित्त दुखाउनु हुदैन ।’

यसका साथै अभिनेत्री एलिजाले अभिनेता समुन्द्रको पनि खुलेरै तारिफ गरेकी छन् । फिल्म क्षेत्रको लागि एलिजा र समुद्र दुवै फ्रेस फेस हुन् । त्यसैले यो फिल्म उनीहरुको लागि विशेष रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV