१५ भाद्र २०७५, शुक्रबार
  • मनोज भुजेल,

सुनसरी, १५ भदौ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उत्कृट खेलाडी छनौट गर्ने लक्ष्य सहित इटहरीमा दोस्रो आमन्त्रण इन्डो नेपाल उसु प्रतियोगिता आयोजना हुने भएको छ ।

आगामी भदौ २९ र ३० गते इटहरी रगंशालामा प्रतियोगिता हुने नेपाल उसु संघ इटहरी उसु क्वानले जानकारी दिएको छ । उसु क्वानले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा १ नम्वर प्रदेश र भारतका १० जिल्ला गरी २२१ जना खेलाडी सहभागी हुने जनाएको छ ।

नेपाल र भारत दुवै देशका खेलाडीहरुलाई उमेर समुहका आधारमा खेल प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार नगद सहित मेडल, प्रमाण पत्र पाउने छन् । त्यसैगरी दोश्रो,तेश्रो र सान्त्वना हुनेले क्रमस २० हजार,१५ हजार र १० हजार मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV