१५ भाद्र २०७५, शुक्रबार

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका २ खाम्लालुङ स्थित महेन्द्र माध्यमिक विद्यालयमा बाल पत्रकारीता तथा भित्तेपत्रिका प्रकाशन सम्बन्धि एकदिने अनुशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा बालपत्रकारीता, भित्तेपत्रिकाको लागि चाहिने सीप, प्रविधि र भाषा, ले आउट र डिजाइन लगायतको विषयमा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद अमृत बास्तोलाले सहजिकरण गर्नु भएको थियोे ।

विद्यालयमा रहेको नवकोपिला बाल क्लबको आयोजनामा भएको कार्यक्रममा क्लबका २० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो । एक्शन ऐड नेपाल र देउराली सोसाइटी तेह्रथुमको प्रायोजनमा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक भूवनसिंह चोङवाङको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष सुजन पाहिमको आतिथ्यमा सम्पन्न भएको सोसाइटीका समाजिक परिचालक यसोदा निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV