१५ भाद्र २०७५, शुक्रबार

काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलन भईरहेका बेला भारतको प्रमुख प्रतिपक्ष दल कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आएका छन् । उनी शुक्रबार दिउँसो १ बजे त्रिभुवन विमानस्थलमा आईपुगेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा रहेका बेला प्रतिपक्षि दलका अध्यक्ष नेपाल आउँनु संकाको बिषय भएपनि उनको ब्याक्तिगत भ्रमणका लागि उनी नेपाल आएको स्रोतले बताएको छ । अध्यक्ष गान्धी लाजिम्पाटस्थित याडिसन होटलमा बसेका छन् । उनी मानसरोवर यात्राका लागि नेपाल आएका उनले आफ्नो भ्रमणलाई निजी तथा धार्मिक भ्रमण भन्दै गोप्य राखेका छन्। उनी भोलि शनिबार विहान नेपालगञ्ज जाने र त्यहाँबाट हेलिकप्टर चढेर मानसरोबर जाने बताइएको छ।

LIVE TV