१५ भाद्र २०७५, शुक्रबार
  • प्रेम सुनार,

बुटवल, १५ भदौ । केहि दिन अघि रुपन्देहीको कोटीहवामा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक महिलाका श्रीमान श्रीमतीको हत्या
गरेको आरोपमा प्रहरीको फन्दामा परेका छन्। मृत्युको आठ दिन अघिसम्म श्रीमानको पटक पटकको यौन उत्पिडन सहन नसकेको पीडा आफ्नो आमा बुबालाई समेत सुनाउन बाध्य भएकी तिलोत्तमा –१५ कोटीहवाकी २४ वर्षीया नमुना लम्साल घिमिरे आफ्नै घरको पंखामा साउन २८ गते झुण्डिएको अबस्थामा मृत फेला परेकी थिईन ।

namuna

उनलाई आफ्नै श्रीमान ध्रुव भनेर चिनिने धिरज घिमिरेले हत्या गरी झुण्डाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिई मुद्धा चलाईएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिल्ली मल्ल आज जानकारी दिएका छन् । गत माघ २४ गते नमुनाको पेशाले इञ्जिनियर घिमिरेसँग मागी बिबाह भएको थियो । बिबाहपछि श्रीमानको यौन उत्पिडनबाट उनी पाठेघरको समस्यामा थिईन ।

मृत्युको केहि दिन अघि मात्र उनले पाठेघरको अप्रेशन गरेकोले दुखाईको पीडामा थिईन । उनि कोठाबाट निस्कन नसक्ने र भित्रै स्याहार सुसार गर्नेहरुको खाँचो थियो ।

सुरुमा सैनामैना नगरपालिका–२, सोरौलीका नमुनाका बाबु गोविन्द प्रसाद लम्सालले किटानी प्रहरीले किटानी जाहेरी दिन जाँदा प्रहरीले लिन मानेको थिएन । त्यस विरुद्ध नमुनाका माईतीजनले प्रहरी कार्यालय घेराउ र नारावाजी लगायतको दबाब दिएपछि बल्ल प्रहरी जाहेरी लिएर उनका श्रीमानलाई पक्राउ गरेको थियो ।

‘‘छोरीको संकास्पदरुपमा हत्या गरिएको र नयाँ कानुन लाग्नु पूर्व नै बदनियत ढंगले हत्या गरेर पंखामा झुण्डाएको हो । माइत गएर फर्केको ८ दिनपछि यस्तो घटना भयो, नानुले माइत आउदा आफूलार्इ श्रीमानले जर्बजस्ती यौन उत्पिडन दिने, हिंसा गर्ने गरेको सुनाउथिन्, अहिले यसरी हत्या नै गरियो –नमुनाका बाबुले यस्तो बताउँदै आएका छन ।’

नमुना त्यस्तो अवस्थामा मृत फला परेको जानकारी उनका ससुराले बाबुलाई गराएका थिए । घिमिरेका परिवार राजनैतिक पहुँच भएको हुँदा प्रहरीले सुरुमा मुद्धा दर्ता गराउन नमानेको माईतीजनको आरोप रहेको छ । डिएसपी मल्ले भने –‘ कुनै पनि दबाबमा नपरी निजलाई १२ दिन अघि देखि नियन्त्रणमा लिई मुद्धा चलाईएको छ र सुक्ष्म ढंगले अनुसन्धान गरिदैछ ।’

LIVE TV