१५ भाद्र २०७५, शुक्रबार

काठमाडौं । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको अन्त्येष्टी गरिएको छ । आज  पशुपतिस्थित भष्मेश्वर घाटमा कलाकार रिमालको अन्त्येष्टी अन्त्येष्टि गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले रिमालको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । रिमालको ९३ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV