१५ भाद्र २०७५, शुक्रबार
  • हरिकृष्ण गौतम

चरम गरिबीका कारण परिवारलाई लालनपालनमा मुस्किल भएपछि घरभित्रै आत्महत्या गरेका म्याग्दी बेनी नगरपालिका–६ भरालेका तुल बहादुर बानियाँका छोराछोरीलाई बहुराष्ट्रिय शिखर अर्गनाइजेशनले जिम्मा लिएको छ । तीनबर्ष अगाडी घरभित्रै भान्छा कोठाको छेउमा डोरीले पासो लगाएर आत्महत्या गरेपछि छिमेकीलाई मागेर गुजारा चलाइरहेको अवस्थामा न्यूज २४ टेलिभिजनमा समाचार प्रसारण गरेपछि अर्गनाइजेशनले तीन बालबालिकालाई आवासीय सुविधा सहित उच्च शिक्षासम्मको जिम्मा लिएको हो ।

लिमिटेडका गण्डक–धवलागिरी प्रमुख शुसिल बानियाँले ८ बर्षिया इश्वरी,६ बर्षिया सरस्वती र ४ बर्षका गणेश बानियाँलाई ‘गरिब, निमुखा बालबालिका छात्राबृत्ति अभियान’ अन्तरगत पूर्ण छात्राबृद्धि उपलब्ध गराएको घोषणा गरेका थिए । न्यूज २४ टेलिभिजन लगाएतका सञ्चारमाध्यममा बुबाको मृत्युले विचल्लीमा परेका तीन बालबालिका र आमाको पुकारले स्तब्ध भएको समेत बताउनुभयो ।

अभिभावकत्वको जिम्मा लिदैं गरिबीकै कारण शिक्षादिक्षामा परेको असरलाई न्यूनिकरण गर्न भविस्यमा पनि सहकार्यको प्रतिबद्धता जनाएको छ । नेपालका साथै भारत, सिंगापुर, यूएई र म्यानमारमा मानवीय दैनिक उपभोग्य बस्तुको उत्पादान गदैं आइरहेको कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत भविस्यमा पनि विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउने जनाएको छ ।

सदरमुकाम बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट बानियाँ र विद्यालयका प्रधानध्यापक डा. त्रिदिव उपाध्याय बीच कक्षा १२ सम्मको शिक्षादिक्षाको सम्झौता भएको थियो ।सोही अवसरमा विद्यालयले एक जना विद्यार्थीलाई होस्टल शुल्कमा २५ प्रतिशत र दुईजनालाई मासिक शुल्कमा छुट गरेको जानकारी गराएको थियो । भर्ना तथा स्वागत कार्यक्रमका प्रमुख अतिथि श्रीबक्स गुल्मका गुल्मपती सेनानी राजन दाहाल, बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले दातालाई धन्यवाद दिए ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक बीर बहादुर बुढा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रुद्धप्रसाद श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख रेणुका प्रधान,विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्र कुमार केसी, प्रमोद श्रेष्ठ, रमेश गिरी, लिला बहादुर बानियाँ, राजेश शाक्य, राजन श्रेष्ठ अभिभावक सन्तोष रावल लगाएतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा विद्यालयमा अध्ययरत विद्यार्थीले समेत भब्य स्वागत गरेका थिए । जमिनको नाममा एक टुक्रा नभएकी सिता बानियाँले छोराछोरीको शिक्षादिक्षाको सुविधाले उत्साहित भएको बताईन् ।श्रीमानको मृत्यु भएपछि सिताको मानसीक रोगी भएकाले स्थानीयबासीले नियमित सहयोग तथा राहत संकलन गरेर तीनबर्षसम्म घरखर्च चलाइदिएका थिए ।

सार्वजनिक जग्गामा स्थानीयले बनाइदिएको छाप्रोमा बस्दै आएकी बानियाँको घर चर्किएपछि भत्किने अवस्थामा पुगेको छ । बर्षाको समयमा घरको भुईबाट पानी भित्र प्रवेश गर्ने गरेको छ भने घर चुहिन्दा चिसो विस्तारै रात विताउने गरेका थिए । आर्थिक सहयोग जुटाउन सुन्दर बानियाँ र तेजेन्द्र बानियाँको संयोजकत्वमा समिति समेत बनाइएको छ । सहयोग संकलन समितिले ७५ हजार २६५ रुपैयाँ बेनी सामुदायिक माविका शिक्षकले समेत खाजा खर्च कटाएर ११ हजार र बागलुङ नगरपालिका ९ भिर्लाखुरी घर भई हाल बहराइनमा रहेकी सावित्री नेपालीले ५ हजार नगद सहयोग गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV