१५ भाद्र २०७५, शुक्रबार

काठमाडौँ । अष्ट्रेलियमा बसोबास गर्ने नेपाली  युवाहरूको यथार्थ जीवन भोगाई समेटिएको चलचित्र ‘तिमी र म’ को घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रम गरी चलचित्र ‘तिमी र म ‘को औपचारिक घोषणा गरेका हुन् ।

चलचित्रमा ‘तिमी र म’ को मुख्य भूमिकामा नायक कबिर खड्का  र नायिका सूर्या थापा रहनेछन् । उनीहरूको साथै अन्य एक नायक र एक नायिकाको पनि मुख्य भूमिका रहने बताएका छन् । नायक र नायिका पक्का भइसकेको बताए पनि उनीहरूको नाम भने खुलाएका छैनन् ।चलचित्र २०१९ को जनवरीबाट छायांकन सुरु हुने छ ।

१ करोड ५० लाखमा निर्माण हुन लागेको यो चलचित्रलाई निर्देशक सरोज पोखरेलकाे निर्देशन रहेको छ भने, चलचित्रमा कमला पोखरेलले लगानी गरेकी छिन् । अरु फिल्म भन्दा छुट्टै नेपाली युवाहरुको कथा बाेकेकाे चलचित्र भएकाले विश्वभर छरिएका नेपाली चलचित्रलाई माया गर्नेहरुको मन जित्ने निर्माण टिमले बताएका छन् ।

सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा फिल्मले वाचन गर्ने निर्देशक पोखरेलले बताए । उनले प्रत्रकार सम्मेलनमा बोल्दै भने, ‘देखेको अष्ट्रेलिया र भोगेको अष्ट्रेलियालाई एउटा चलचित्रमार्फत देखाउने छाैँ । अष्ट्रेलियामा नेपालीहरुले जुन कुरा भोगेका छन् त्यहि कुरालाई उर्ताने छाैँ ।

पछिल्लो समय अष्ट्रेलिया जाने नेपाली युवहरुको सपनाको गन्तव्य बन्दै गएको हुनाले अष्ट्रेलियामा नेपाली युवहरुको जीवन भोगाइलाई समेटेर बनाउन लागेको निर्माता पोखरेलले बताइन् । उनले भनिन्, ‘हलिउड र बलिउडको प्रभाव भन्दा टाढा रहेर नेपाली संस्कृति र नेपाली समाज तथा नेपाली जनताका सु:ख दु:ख समेटेर बनाउने छाैँ ।

कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने ‘तिमी र म’ को कथा उत्कृष्ट लागेर काम गर्न लागेको अभिनेता खड्काले बताए ।

LIVE TV