१५ भाद्र २०७५, शुक्रबार

महेन्द्रनगर, धनुषा । प्रदेश-२ सरकारले तीन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन विधेयक २०७५ र प्रदेश उद्योग व्यवस्थापन विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित उच्च शिक्षाको व्यवस्थापन तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समेत मस्यौदा तर्जुमा गर्ने सैद्धान्तिक सहमति प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV