१४ भाद्र २०७५, बिहीबार
  • दीपक भट्ट,

रामेछाप, १४ भदौ । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा भ्रष्टाचार र अनियमितता भएकोे भन्दै नेपाली काँग्रेसले ज्ञापन पत्र मार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

गाउँपालिकामा ज्ञापन–पत्र बुझाउनुका साथै नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाले विरोध जुलुस समेत प्रदर्शन गरेको छ । गाउँपालिकाको विरुद्धमा चर्को नाराबाजी सहित गाउँपालिकाको कार्यालयमा पुगेका काँग्रेस कार्याकर्ताले १४ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।

गाउँपालिकाले विकास निर्माणमा अनियमितता गरेको, गाउँपालिकाको आम्दानी र खर्चको लगत नराखेको, सेवाग्राहीसँग लिएको शूल्कको रसिद दिंदा पसलको नामको उधारो नगदी रसिद दिएको जस्ता आरोप काँग्रेसको छ ।

ज्ञापन–पत्र बुझ्दै लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले आपूm गाउँपालिकाको सझा प्रतिनिधि भएकाले पक्षपात नगरि काम गर्ने बताउनु भयो । उहाँले गाउँपालिकामा अनियमितता र भ्रष्टाचार हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाले भने १० दिनभित्र आपूmहरुको माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV