१४ भाद्र २०७५, बिहीबार

काठमाडौँ । कविर खड्का नेपाली फिल्म क्षेत्रमा निकै सम्भावना बोकेका अभिनेता हुन् । फिल्म ‘लम्फू’ बाट नेपाली फिल्म क्षेत्रमा डेब्यू गरेका कविर एउटै फिल्मबाट नोटिस हुने लक्की नायक पनि हुन् ।

अहिले उनी ‘तिमी र म’ नामक फिल्ममा अनुबन्धित भएका छन् । फिल्ममा कविरको जोडी भएर नव नायिका सूर्या थापा देखिने भएकी छन् । लभ स्टोरी जनरामा निर्माण हुने यस फिल्मका लागि अन्य कलाकारहरु भने फाइनल भएका छैनन् ।

जनवरी महिनाको पहिलो साताबाट छायांकनमा जाने यो फिल्मको केही अंश मात्र नेपालमा छायांकन गरिने छ । बाँकी ९५ प्रतिशत छायांकन अष्ट्रेलियामा हुदैछ । फिल्मलाई शरद पोखरेल र मट्ट विलियमले संयुक्तरुपमा निर्देशन गदैछन् । कमला पोखरेल, भुषण पोखरेल र चन्द्रबहादुर खड्काको संयुक्त लगानी रहने फिल्मको बजेट एक करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV