१४ भाद्र २०७५, बिहीबार

काठमाडौं, १४ भदौ । जारी एसियाली खेलकुद अन्तरगत जुडोतर्फ प्रतिष्पर्धा गरेका नेपालका तीन खेलाडी पहिलो खेलमै पराजित भएका छन् । एसियाली खेलकुदको २९ खेल मध्येको एक खेल जुडोमा पनि नेपालले आशा गरेका खेलाडीहरु विहिबार पराजित भएका हुन् ।

पदकको आशा गरिएको खेल जुडोका चर्चित खेलाडी फुपु ल्हामु खत्रीलाई महिला ६३ केजी मुनिको तौल समूहमा इन्डोनेसियाकी अडेलिया युली फ्रादिभ्ताले हराएकी हुन् । यसैगरी जुडोकै महिला ५७ केजी मुनीको तौल समूहमा मनिता श्रेष्ठ प्रधानलाई अन्तिम ३२ चरणको खेलमा भियतनामकी थी बिच गुएनसंग पराजित गरिन् ।

यसैगरी पुरुष ७३ केजी मुनीको तौल समूहको अन्तिम ३२ चरणको खेलमा नेपालका संजित डंगोल पनि साउदी अरेबियाका सुलेमान फहाद हमानसँग पहिलो खेलमै पराजित भए । इन्डोनेसियामा जारी एसियन गेम्सको जुडोतर्फ नेपालका ८ खेलाडी सहभागी छन् । जसमा फुपु ल्हामु खत्री १२ औ दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता खेलाडी हुन् ।

यी खेलसंगै पदकको आशा गरिएको खेल जुडोबाट पनि पदक नआउने निश्चित भएको छ । नेपालले जारी एसियाली खेलुकुदमा प्याराग्याडिङबाट एउटा रजत पदक मात्र जितेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV