१४ भाद्र २०७५, बिहीबार

काठमाडौं, १४ भदौ । नितिन चन्द म्युजिक भिडियो निर्देशन र छायांकनमा परिचित नाम हो । फिल्म ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेर फिल्म क्षेत्रमा डेव्यु गरेका चन्दले अब अर्को फिल्म ‘गीत गजल’ निर्देशन गदैछन् ।

ठूलो बजेटमा निर्माण हुने फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गर्दैछन् । लभ स्टोरी जनरामा निर्माण हुने फिल्मका लागी मुख्य दुई कलाकार समेत फाइनल भइसकेका छन् । यो फिल्मबाट नयाँ कलाकारद्धय रूप पोखरेल र आरोही सिंह फिल्म क्षेत्रमा डेव्यु गर्दैछन् ।

अन्य कलाकारहरु भने छनोटको चरणमा रहेको निर्माण पक्षको भनाई छ । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाङ्कन रहेनछ ।

फिल्मको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । गीत गजलको भाद्रको अन्तिम साताबाट छायांकनमा जाने तयारि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV