१४ भाद्र २०७५, बिहीबार
  • राजकमल सिंह

जनकपुरधाम । संघिय समाजवादी फोरमका सचेतक उमाशंकर अरगडियाले अधिकार संगै समृद्ध र विकास तर्फ मधेस उन्मुख भएको बताएका छन् । वर्तमान सरकार मधेसको मांग तथा समस्या समाधान गर्न एक जुट भएर अगाडि बढिरहेकाले मधेसबाट नै देशले समृद्धको खुड्किलो चढ्ने उनको दावी छ ।

जनकपुरमा आयोजित संघिय समाजवादी युवा फोरमको पहिलो जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै वर्तमान सरकार मधेसको मांग तथा समस्या संविधानमा संसोधन गर्न तयार रहेको जानकारी दिए । संविधान संसोधन पछि मधेसमा विकासको लहर आउने सचेतक अरगडियाको दावी छ ।

मधेसको लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको लागि आफु प्रधानमन्त्री केपी शर्मा ओली तथा सम्बन्धित मन्त्रीहरु र ठेक्केदारहरु संग निरन्तर छलफल गरिरहेको जानकारी दिए । हुलाकी राजमार्गको काम छिट्टै तिब्रता पाउने बताए । समयमा काम नगर्ने ठेक्केदार विरुद्ध आफु उत्रने चेतावनी समेत दिए । बन्द अवस्थामा रहेको रेल्वे, कलकाराखाना, मेडिकल कलेजहरु समेत संचालनका लागि सरकार गृहकार्यमा जुटेको बताए ।

सचेतक अरगडियाले मुलुकमा बढ्दो बलात्कार तथा महिला हिंया न्यूनिकरणका लागि समेत सरकार कानूनलाई परिमार्जन गर्न गृहकार्य सुरु गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV