१४ भाद्र २०७५, बिहीबार

काठमाडौं । आयुर्वेदिक औषधि मानिने मह मानव शरीरको लागि अत्यन्त फाईदाजनक मानिन्छ ।मह आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ । महमा एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियम पाउन सकिन्छ ।

o नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुने गर्छ ।

o मह खानाले रुघाखोकीको समस्या अन्त्य हुन्छ ।

o यसले घाँटीसम्बन्धी विभिन्न समस्यासमेत समाधान गर्छ ।

o नियमित मह खानाले मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।

o महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।

o स्टामिना तथा फर्टिलिटी बढाउन पनि महको सेवन गर्दा राम्रो हुन्छ ।

o मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्दछ ।

o चोटपटक तथा घाउ ठीक गर्नसमेत महले फाइदा गर्दछ ।

o छाला तथा कपालको स्वास्थ्यका लागि समेत यो महत्वपूर्ण छ ।

o कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्दछ ।

o अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV