
काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईलाई चौथो झड्का दिएकाे छ । अहिले नेपालले युएईको चौथो विकेट लिएको छ ।
नेपालले २९.१ ओभरमा तेस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले शैमन अन्वारलाई ३ रनमा आउट गराउन सफल भएका छन् ।
यसअघि बसन्त रेग्मीले तेस्रो विकेटको रुपमा रमिज शाहजादलाई ३५ रनमा एल्बिडब्लु आउट गराएका थिए । नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेटको रुपमा अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराएका थिए । भने सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भएका थिए ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाललार्इ आजको खेल जित्नै पर्ने दबाब छ ।