१४ भाद्र २०७५, बिहीबार

काठमाडाैं। विमस्टेक शिखर सम्मेलन सुरु हुनै लाग्दा सदस्य राष्ट्रका संयुक्त सैन्य अभ्यासले चर्चा पाएको छ ।

भारतले चीन तथा अन्य राष्ट्रहरुलाई सैन्य शक्ति देखाउन विमस्टेक सदस्यहरुको संयुक्त सैन्य अभ्यास गराउन खोजेको कतिपयको बुझाइरहेको छ । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुनै मित्रराष्ट्र विरुद्धकाे लक्षित सैन्य गठबन्धनमा नेपालको साथ नहरने प्रष्टिकरण दिनुभएको छ । यद्धपि उहाँले यस्तो सैन्य अभ्यासको सदुपयोग गर्न नेपाल पछि नपर्ने बताउनुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको विकल्पका रुपमा बिमस्टेकलाई उभ्याउन भारत अग्रसर रहेको आरोप लागेका बेला सैन्य अभ्यासले यो क्षेत्रमा विभिन्न अर्थ बोक्नेतर्फ नेपाल सचेत रहनुपर्ने सैन्यविद्हरु बताउँछन् । भदौ २५ देखि ३१ सम्म भारतको महाराष्ट्रस्थित पुणेमा सैन्य अभ्यास हुने छ । ३०/३० जना सैन्य अधिकारी सम्मिलित संयुक्त अभ्यासमा विमस्टेकका सातै राष्ट्रका सेना सम्मिलित हुनेछन् ।

बिमस्टेक शिखर सम्मेलनलगत्तै गरिने उक्त अभ्यास आतंकवाद नियन्त्रण, विपद व्यवस्थापन र बहुराष्ट्रिय संगठित अपराध नियन्त्रणका निम्ति आपसी सहकार्यमा केन्द्रित हुने बताइएको छ । संयुक्त अभ्यासको कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापासमेत सहभागी हुने बताइएको छ ।

LIVE TV