कुनै पनि बहाना बनाएर सरकारलाई ‘असफल’ हुने छुट नरहेको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई



प्रकाशित मिति : Aug 10, 2018

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनै पनि बहाना बनाएर सरकारलाई ‘असफल’ हुने छुट नरहेको बताउनु भएको छ । न्यूज–२४ टेलिभिजनको प्रभातकालिन प्रस्तुती कार्यक्रम ‘६ प्रश्न’मा आज कुरा गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय,अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको ‘घेरावन्दी’लाई बहाना बनाएर सरकार उम्कन नपाउने स्पष्ट पार्नुभएको हो । सरकार कानून बनाउन र थिती बसाल्न क्रियाशिल रहेका कारण जनजीविकाका मुद्दा ओझेलमा परेको हो कि भन्ने नागरिकको चिन्ता स्वभाविक रहेको भन्दै उहाँले ‘झिनामसिना’ काममा नअल्झिई मूल उद्देश्यमा केन्द्रित हुन मन्त्रीहरुलाई सुझाव पनि दिनुभयो ।

फरक प्रसंगमा प्रवक्ता श्रेष्ठले भदौ १५ भित्र नेकपाका प्रदेश, जिल्ला र स्थानीय कमिटीसहित जनबर्गीय संगठनको समायोजन सकिने दावी पनि गर्नुभयो । प्रतिशतका आधारमा भागवण्डा गरेर कमिटीहरु पुनःगठन नहुने जनाउनु भएका श्रेष्ठले जनआधार र नेतृत्व क्षमताका आधारमा कार्यकारी पदहरु समायोजन गरिने स्पष्ट पनि पार्नुभयो ।

अर्को प्रसंगमा श्रेष्ठले आफूले प्रवक्ताबाट राजीनामा दिए पनि पार्टीले निर्णय नगरेका कारण आफू पूर्ववत् जिम्मेवारीमै रहेको बताउनु भयो । आफ्नो राजनीनामालाई पार्टीमा बेमेल बढ्दै गएको भन्नेरुपमा प्रचार गरिएकाप्रति दुःख व्यक्त गर्नुभएका श्रेष्ठले नेकपाको सैद्धान्तिक र व्यवहारिक एकता कसैले पनि हल्लाउन नसक्ने दावी पनि गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com