पूर्व प्रम नेपाललाई पानी परेको बेला सडकको अनुगमन गर्न स्थानीयकाे निम्तो



प्रकाशित मिति : Aug 10, 2018

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चाबहिल-बौद्ध-साँखु सडक अनुगमन गरेका छन् । पूर्व प्रधानमन्त्री नेपाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, सडक विभागका महानिर्देशक रबिन्द्र श्रेष्ठ, ठेकेदार सुकन्तलाल हिराचन, प्रतिनिधि सभाका सदस्य कृष्ण राई, प्रदेश सभाका सदस्य रामेश्वर फुयाल र स्थानीय जनप्रतिनिधिहरूकाे टाेलीले सडकको अनुगमन गरेका हुन् ।

नेता नेपालले सडकमा ओर्लिएर सडकको अवस्था हेर्नासाथ यो सडक निर्माणको ठेक्का पाएको ठेकेदार सुकन्तलाल हिराचनलाई सोधे, ‘खोइ, सडक उस्तै छ, सुधार किन भएन, समस्या के हो ?’ पूर्व प्रधानमन्त्री नेपालले यसो भनेपछि हिराचन झस्किए । काम जारी रहेको टालटुले जवाफ फर्काए । यसपछि नेपालले फेरि सोधे, ‘अब कहिलेसम्म हुन्छ ?’ यसपछि हिराचनले १५ दिनभित्रमा यो सडक खण्डको खाल्डाखुल्डी पुरी सकेर पक्की बनाउने काम सुरु गर्ने बताए ।

हिलाम्मे सडक देखाउँदै ठेकेदार र महानिर्देशकलाई भने, ‘अबको १५ दिनमा यो सडक जसरी पनि परिवर्तन हुनुपर्छ । ल हेर्नुहोस् ।’ ठेकेदारले ‘बन्दै छ हजुर’ भनेपछि स्थानीयहरूले तुरुन्तै प्रतिवाद गरे, ‘आज अनुगमनमा आउने भनिएपछि हिजो राति पुरपार गरेर यतिसम्म भएको हो ।’ ठेकेदारले निर्माणमा ढिलाइ गरिरहेको स्थानीयको आरोप छ ।

Image may contain: 9 people, people smiling, people standing, suit and outdoor

बिहीबार पूर्वप्रधानमन्त्री नेपाल आफैँ सडक अनुगमनमा आउने भनेपछि रातारात खाल्डा पुरिएको रहेछ । त्यसको पोल स्थानीय जनप्रतिनिधिले खोलिदिए ।

अनुगमनमा उपस्थित ठेकेदारले आफूहरूले नियमित खाल्डो पुगेको तर, २/३ दिनमै उस्तै हुने गरेको बताए । स्थानीय जनप्रतिनिधिले उनको दाबी खण्डन गरे । आफूहरूले पटक पटक बैठक गरेर खाल्डो पुर्न भन्दा पनि सुनुवाइ नभएको उनले बताए । स्थानीय जनताले वास्तविक पीडा बुझ्न पानी परेको बेला अनुगमनमा आउन समेत नेपालार्इ निम्तो दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com