डिजिटल नागरिक वडापत्रको सुभारम्भ गर्दै पाल्पाकाे रैनादेवी गाउँपालिका



प्रकाशित मिति : Aug 08, 2018
  • सुमन कार्की

पाल्पा । सेवाग्राहीको सुविधा र सहजताको लागी पाल्पाकाे रैनादेवी गाउँपालिकामा डिजिटल नागरिक वडापत्र राखिएकाे छ । यसबाट कुन शाखाबाट के के सेवाहरु प्रदान हुन्छन् र त्यस शाखाको सम्पर्क व्यक्ति को को हुन् ? योजनाहरुका लागि आबश्यक पर्ने कागजातहरु लगायत के कति समयमा सेवा लिन सकिन्छ भन्ने बारेमा जानकारी लिन सकिन्छ ।

गाउँपालिकालाई सूचना प्रबिधिमैत्री बनाउने भन्दै विद्युतीय सूचना पार्टी, सीसी क्यामरा , विद्युतीय हाजिरी प्रणाली र वेवसाइटमार्फत जानकारी दिने कामको थालनी गरीसकेको गाउँपालिकाले पुन नयाँ प्रविधिको जडान गरेर गाउँपालिका भवन बाहिर नै सबै नागरिकले देख्ने गरी डिजिटल वडापत्र राखेको छ ।

डिजिटल नागरिक वडापत्र हेरेपछी कामको शिलसिलामा आउने सेवाग्राहीहरु अलमल नपरि सिधै सेवा लिन सकिने प्रमुख रामबहादुर कार्कीले जनाएका छन् । गाउँपालिकाका बिभिन्न शाखाहरुवाट प्रदान गरिने सेवा सुबिधा लिदा आबश्यक पर्ने कागजाज लगायत प्रक्रियाहरुको बारेमा स्पस्ट रुपमा खुलाएरै राखिएको छ ।
नागरीक वडापत्रको वोड राख्ने व्यवस्थालाई सुदृढीकरण गर्दे सेवाप्रवाहलाई छिटो छरितो बनाउनको लागि सेवाग्राहीले सहजै रुपमा जान्न सकुन भन्ने उद्देश्यले डिजिटल नागरिक वडापत्रको ब्यबस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पराजुलीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com