नेपालमा पेप्सी उत्पादक वरुण वेभरेजकाे हिस्सेदार कम्पनी ‘पेप्सिको’की सिइअाेद्वारा राजीनामा



प्रकाशित मिति : Aug 07, 2018

काठमाडौं। नेपालमा पेप्सी तथा कुरकुरेकाे उत्पादन गर्दै अाएकाे वरुण वेभरेजकाे हिस्सेदार भारतीय कम्पनी ‘पेप्सिको’की प्रमुख कार्यकारी अधिकृत (सिइअाे) इन्दिरा नूयीले राजीनामा गरेकी छिन् ।

पेप्सिकोको लगानी मुख्य लगानी रहेककाे वरुण वेभरेज नेपालले नवलपरासीको रामग्राममा उद्योग सञ्चालन गरी गरेको छ। तीन महिनादेखि सञ्चालनमा रहेकाे उद्याेग २ अर्ब ३९ करोडको लगानीमा स्थापना भएकाे हाे । यसले नेपालमा नेपाल पेय पदार्थ पेप्सी र कुरमुरेजस्ता खाद्यपदार्थ उत्पादन गर्दै अाएकाे छ ।

नूयी करिब १२ बर्षदेखि पेप्सीकाेमा सिइअाे रहिअाएकी थिइन् । उनकाे राजीनामा अाउँदाे अक्टुबर ३ बाट लागू हुने जनाइएकाे छ। उनको ठाउँमा अब रेमन लगुआर्टा आउने चर्चा छ। लगुआर्टा कम्पनीका युरोपियन सब-सहारा अफ्रिकाका प्रमुख कार्यकारी अधिकृत हुन्।

भारत र चीनमा पेप्सीले कोकाकोलालगायतका उत्पादनलाई निकै पछि पारेकाे छ। नेपालमा समेत यसले पेप्सीकाे बजार विस्तार गर्न र काेकाकाेलालार्इ पछि पार्न वरुण वेभरेजमार्फत लगानी विस्तार गरिरहेकाे बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com