मुगु। सरकारको निती अनुसार आ.व २०७५/०७६को आर्थिक बजेट आसर १० गते भित्र ल्याउनुपर्ने भएपनि मुगुको मुगमकामारोङ्ग गाँउपालिकाले ढिलो गरी सर्वाजनिक भएको छ ।
मुगु जिल्लामा रहेको १ नगरपालिका र ३ गाँउ पालिका मध्य पहिलो मुगमकामारोङ्ग गाँउ पालिकाले असार २८ गतेका दिन आ.व २०७५।०७६को आर्थिक बजेट पारीत गरेको छ । अन्य सोरु गाँउपालिका, खत्याड गाँउपालिका,र रारा छायानाथ नगरपालिका आ.व २०७५।०७६को आर्थिक बजेट पारित हुन सकेको छैन ।
सबै भन्दा पहिले मुगु जिल्लाको हकमा मुगमकामारोङ्ग गाँउपालिकाले आ.व ०७५।०७६को लागी चालु, ५ करोड ४२ लाख ४१ हजार पूजीगत ६ करोड ७२ लाख र तथा अन्य आन्तरिक श्रोत गरी३० करोड ८९ लाख रुपैया बराबरको आथिक बजेट पारित भएको मुगमकामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकास सिजालले बताए ।
अहिले जिल्लाका अन्य नगर र गाउपालिकाले बजेट पारित गर्नका लागि निरन्तर छलफल चलाइरहेका छन् ।