प्रधानन्यायाधीशका लागि सिफारिस न्यायाधीश दीपकराज जोशीमाथिको सुनुवाईका लागि सुनुवाई समितिद्वारा उजुरी आव्हान



प्रकाशित मिति : Jul 12, 2018

काठमाडौं । संसदीय सुनुवाई समितिले संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका न्यायाधीश दीपकराज जोशीमाथिको सुनुवाईका लागि उजुरी आह्वान गरेको छ ।

आज बसेको संसदीय सुनुवाई समितिको बैठकले उपसमितिले तयार पारेको कार्यविधि पारित गर्दै प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाईको लागि उजुरी आह्वान गरेको हो ।

प्रस्तावित व्यक्ति संवैधानिक पदका लागि सही भए नभएको बारेमा समितिले सुनुवाई पूर्व उजुरीका लागि आह्वान गर्ने गर्दछ । १० दिनको समयसीमामा आएका उजुरीमाथि छलफल गरेर जोशीको नाम समितिले अनुमोदन गर्नेछ ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि मात्रै प्रधानन्यायाधीशमा सिफारिस जोशीलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com