प्रतिनिधि सभा – राहत र उद्दारमा तत्परता देखाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण



प्रकाशित मिति : Jul 12, 2018

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले वर्षा सुरुभएसँगै देशका बिभिन्न भागमा आएको बाढी र पहिरोबाट जनताले भोग्नुपरेको समस्याको बारेमा ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य र विशेष समयमा सांसदहरुले जनजीवन, स्वास्थ्य सेवा तथा बाढीपहिरोको कारण भोग्नु परेको समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् । बाढीले भक्तपुर डुबाएर भक्तपुरवासीको मानवीय समेवदनामाथि सामाजिक सञ्जालमा ठट्टा गरिएकोप्रति सांसद महेश बस्नेताको आपत्ति थियो ।

सामाजिक सञ्जालमा डुबानमा परेको फोटो राखेर पानी जहाजलाई तुलना गरेर भक्तपुवासीको पीडासँग खेलवाड गरिएको भन्दै साइबर अपराध अनुसार कारवाही गर्नुपर्ने उहाँको तर्क थियो । यस्तैे सांसद प्रेम सुवालले सरकारले पूर्व सावधानी नअपनाउँदा बढीको समस्या भोग्न परेको बताउँदै तराईमा डुबान हुनुको कारण छिमेकी मुलुक भारत भएको जनाउँदै दुईपक्षीय छलफल गरेर बाढीको कहरबाट जनतालाई राहत दिनुपर्ने उहाँको भनाई थियो ।

छलफलमा भाग लिएका सांसद कृष्णभक्त पोखरेल, खगराज अधिकारी, गणेशकुमार पहाडी, अतहर कमाल मुसलमान, गणेशसिंह ठगुन्ना लगायतले प्राकृतिक प्रकोपबाट जोगाउन सरकारले उचित साधन र स्रोतको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com