बोईङ चढेर आज चीन जाँदै जोडी गैँडा



प्रकाशित मिति : Jul 12, 2018

काठमाडौं । नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो ।

अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैगा लिएर साँझ ६ः२० बजे फर्किनेछ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com