घर लिप्ने माटो खन्दा ढिस्काेमुनि पुरिएर मृत्यु



प्रकाशित मिति : Jul 12, 2018

बागलुङ । माटाको ढिस्काेमुनि पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।

अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर साोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो । घटनाबारे थाहा पाएपछि स्थानीयवासीले तिनको उद्धार गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com