नेविसंघद्वारा १२ औँ महाधिवेशनको घोषणा



प्रकाशित मिति : Jul 12, 2018

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १२ औँ महाधिवेशनको मिति घोषणा गरेको छ । संघका उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म महाधिवेशन गर्ने मिति तोकेको हो ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गरी काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरेर संघले प्रेस विज्ञप्ति निकालेको छ । बैठकले अध्यक्ष नैनसिंह महरले विधि, विधान विपरीत गरेका मनोनयन खारेज गरेको घोषणा समेत गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको र उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ। समितिले ५ दिनभित्र नियमावली तयार गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

महाधिवेशन सम्पन्न गर्नका लागि नेविसंघले साउन ३ देखि मतदान नहुँदासम्मको लागि कार्यतालिका समेत तय गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com