मोरङमा डिएपी मलको अभाव



प्रकाशित मिति : Jul 11, 2018
  • तारा आचार्य

मोरङ । मोरङमा डिएपी मलको अभाव भएको छ । डिएपी मलका लागि कृषकहरु घण्टौ लाइनमा बस्न बाध्य छन् ।

धान रोप्नु अघि डिएपी मल छर्ने गरिन्छ । सहकारी संस्थाहरुले प्रति कृषक १५ किलो देखि एक बोरा सम्म मल दिने गरेको कृषकहरुले बताएका छन् । प्रति विगाह एक बोरा डिएपी मल आवश्यक भएपनि पर्याप्त मल नपाएको उनीहरुले गुनासो गरेका छन् । मोरङमा करिब ६ हजार मेट्रिक टन डिएपी मल आवश्यक भएकोमा वीरगंजबाट १ हजार ५ सय मेट्रिक टन डिएपी आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेडका क्षेत्रीय प्रबन्धक गोविन्दप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

डिएपी मलको आपूर्तिकर्ताले अषाढ १५ गते सम्म करिब २० हजार मेट्रिक टन डिएपी आयात गरिसक्ने बताए पनि वीरगंज स्थित सुख्खा बन्दरगाहमा करिब ५ हजार मेट्रिक टन मात्र आयात गरेकाले डिएपी मलको अभाव देखिएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com