च्याउको सेवनबाट एकै परिवारका तीन जना बिरामी



प्रकाशित मिति : Jul 11, 2018

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका १ मा बिषालु च्याउको सेवन गर्दा एकै परिवारका तीन जना बिरामी भएका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भमकेका होताराम भण्डारीकी श्रीमती खगी भडारी र छोरा टीकाराम भण्डारी बिरामी भएको छ ।
बिरामीहरुको राप्ती अञ्चल अस्पतालको प्राथमिक उपचारपछि थप उपचार गर्न नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com