१५ असार २०७५, शुक्रबार

काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र इटलीको त्रेन्तिनो राज्यको रोभेरेटो नगरपालिका बिच भगिनी सम्बन्ध (Sister city) बिस्तार गर्ने सम्बन्धमा भएको छलफल सकारात्मक रह्यो। मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल र रोभेरेटो नगरपालिकाका मेयर फ्रान्सिस्को भाल्दुगा ( Francesco Valduga ) बिचको भेटघाटमा दुई पक्षीय हितका लागि प्राविधिक र प्रविधि सहयोग गर्ने विषयमा छलफल अगाडी बढ्यो।

इटालिको त्रेन्तिनो प्रदेशकी मन्त्री सारा फेरारी (Sara ferari) संघ मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल सहितको टोलीले उहाँकै कार्यकक्ष्यमा भेट गर्‍यो । टोलीमा नेपालको लागी इटलीको अबैतनिक महाबाणिज्यदुत सुबिना श्रेष्ठ, मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल, काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य ध्रुव त्रिपाठि, गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रबिन्द्र अर्याल, गरिमा भोयज ट्राभल्सका अप्रेसन म्यानेजर सुमन पाठक, सञ्चार प्रमुख राजेन्द्र अर्यालको सहभागिता रहेको थियो।

उक्त भेटघाटमा मेलम्ची नगरपालिकालाई आवश्यक आधुनिक शिक्षा प्रणाली, प्राविधिक शिक्षा प्रणाली, प्राविधिक शिक्षा सम्बन्धमा सहयोग गर्ने फराकिलो इच्छा देखाउनुभयो। त्रेन्तिनो राज्यका पर्यटन प्रमुख सँगको भेटघाटमा अनुभव साटासाट भयो, २०७२ सालको भूकम्पपछि नेपालीलाई धेरै सहयोग गरेको कुरा जानकारी दिनुभयो र आगामी दिनमा पनि सहयोगको आदानप्रदान गर्ने कुरा जानकारी गराउनुभयो। ईटाली सरकार रैथाने ट्राउट माछा संरक्षणको लागिपनि अगाडि देखियो। लोप हुन लागेको रैथाने ट्राउट माछा संरक्षणको रोभेरेटो नगरपालिकाले गरेको प्रयास प्रशषणिय छ।

रेभेरेटो नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी प्रविधि अत्याधुनिक रहेको छ। ८०% फोहोर पुनर्प्रयोग र २०% फोहोर वातावरणमैत्री तरिकाले विसर्जन गरिने कुरा स्थलगत भ्रमणपश्चात् जानकारी पाइयो। पहिलेको डम्पिङ साइटलाई सुन्दर गल्फ क्लबमा परिणत गरिएको उदाहरण भ्रमण टोलीले देख्न पायो। फरक फरक प्रकारको फोहोरहरू छुट्टाछुट्टै ठाउँमा जम्मा गरी पुनर्प्रयोगको लागि पठाइने र सो बापत नगरपालिकाले आम्दानी गर्न सफल रहेछ। त्रेन्तिनोकै (Trentino) अन्तर्राष्ट्रिय स्तरको उद्धार केन्द्र भ्रमणकेन्द्र गर्दा भविष्यमा नगरपालिकालाई आवश्यक उद्धार सामाग्री र प्राविधिक ज्ञान आदानप्रदानको सम्बन्धमा महत्त्वपूर्ण छलफल भयो, साथै नगरपालिका क्षेत्रमा उद्धार तालिमको सम्भाब्यता अध्यन गर्ने विषयमा छलफल भयो।

१७ वटा नगरपालिकाको भूगोल हेर्ने संस्था Vallagarina Community को भ्रमणमा बेरोजगारी समस्या समाधान, सामाजिक सुरक्षा, सामुदायिक शिक्षा, फोहोरमैला व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी आदानप्रदान भयो। कम्युनिटिका अध्यक्ष स्टेफानो विषफले मेलम्ची नगरपालिकालाई फोहोरमैला व्यवस्थापनको विज्ञ तथा कृषिको क्षेत्रमा सम्भाब्यता अध्यनको लागि विज्ञ पठाउने इच्छा व्यक्त गर्नुभयो। यो भ्रमण नेपाल र इटली सम्बन्धको लागि अत्यन्त फलदायी रहेको कुरा गरिमा भोयाज ट्राभल्सका प्रबन्ध निर्देशक रबिन्द्र अर्यालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV