११ असार २०७५, सोमबार

काठमाडौं । नेपाली कलामा प्राचिनताको यथार्थ उद्घाटन गर्ने प्रसिद्ध कलाकार हरिप्रसाद शर्मालाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ दिईने भएको छ । मदन भण्डारी फाउण्डेशनद्वारा २०७४ सालको सो पुरस्कार कलाकार शर्मालाई प्रदान गरिने भएको हो ।

असार १४ गते जननेता भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा पारेर काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै कलाकार शर्मालाई पुरस्कृत गर्न लागिएको हो ।

लिच्छवी काल देखि वर्तमानसम्मका काठमाडौं उपत्यकाका प्राचिन, सामाजिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक तथा पुरातात्विक महत्व झल्काउने हजारौं चित्रहरु र चित्रकला सम्बन्धी प्रकाशन गरी उल्लेखनिय योगदान गरेवापत कलाकार शर्मालाई ‘मदन भण्डारी पुरस्कार २०७४’ प्रदान गर्न लागिएको हो । कलाकार शर्मालाई सम्मान पत्रसहित एक लाख धनराशीको पुरस्कार प्रदान गर्न लागिएको हो ।

विभिन्न क्षेत्रमा क्रियाशिल रहँदै विशिष्ट योगदान गर्दै आएका व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको यस पुरस्कार यस अघि हाँस्य कलाकार महजोडी, शहिद पार्क, हेटौंडा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, सामाजिक अभियान्ता महावीर पुन, धुर्मुस सुन्तली पाउण्डेशनका सीताराम कट्टेल र कुञ्जना घिमिरे, लाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV