बेइजिङ प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीको यसरी गरियो बिदाइ (फोटो फिचर)



प्रकाशित मिति : Jun 19, 2018

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई बिदाई गर्नका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, तथा नेकपाका नेताहरु माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम लगायत हुनुहुन्थ्यो ।

 

 

.


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com