सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा पैदलयात्रु अलपत्र



प्रकाशित मिति : Jun 13, 2018

स्याङ्जा । सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएपछि सवारी साधन आवातजावातमा बन्द भएको हो ।

सुनौली(पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा पैदलयात्रु समेत अलपत्र परेका छन् । नगरपालिकाले सडक विस्तार गर्ने क्रममा खनिएको ढिस्को खस्दा राजमार्ग रोकिएको जिल्ला प्रहरीले जानकारी दिएको छ  ।

पहिरो हटाउन डोजर प्रयोग गरिएका छन्  ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com