सम्पत्तिको लोभमा दाइद्वारा भाइको घाँटी थिचेर हत्या



प्रकाशित मिति : Jun 13, 2018

बुटवल । आफ्नै भाइको हत्यमा दाइको सहभागिता देखिएको छ । सिद्धार्थनगर नगरपालिका ८ लेखनाथपथका एक युवकको शंकास्पद मृत्यु भएको थियो ।

उक्त घटनाको अनुसन्धानका क्रममा मृतकको दाइले घाँटी थिचेर हत्या गरेको खुलेको हो । दाइ सञ्जय साहनीले भाइ सतिसलाई निद्रा लाग्ने औषधी दूधमा मिसाएर सेवन गराई बेहोस बनाएपछि घाँटी थिचेर हत्या गरेको रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लिनारायण पाण्डेले बताए ।

सम्पत्तिको लोभले सोतेलो भाइको हत्या गरिएको पुष्टी भएपछि सञ्जयलाई पक्राउ गरिएको छ । ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com