नेपालमा सलमानको ‘रेस ३’ लाई ४ शो, गोपिकृष्ण मुभिजद्वारा खरिद



प्रकाशित मिति : Jun 13, 2018

एजेन्सी । बलिउड सुपरस्टार अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ १५ जूनमा रिलीज हुदैछ । सलमानको  फिल्म ‘रेस ३’ को ‘थ्रिडी’ फरम्याटले नेपालमा एक शो मात्र पाएको छ ।

‘रेस ३’को नेपाल प्रदर्शन अधिकार गोपिकृष्ण मुभिजले खरिद गरेको छ ।  फिल्म हलहरुले यो समाचार तयार पार्दासम्म ‘थ्रिडी’ फरम्याटलाई जम्मा ४ शो दिएको हो ।  फिल्मको ‘टुडी’ अर्थात सामान्य फरम्याटले भने अहिलेसम्म मल्टिप्लेक्समा १७ शो पाएको छ । फिल्मको बुकिङ बढेसँगै शोहरु थपिदैँ जानेछन् ।

रेमो डिसूजा निर्दे्शित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्ना्न्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com